२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना अपडेट : विश्वभर ४लाख ६२ हजार ५१९ जनाको मृत्यु



एजेन्सी । महामारी बनेर विश्वका २१३ मुलुकलाई आक्रान्त बनाइरहेको कोरोना भाईरसका कारण अहिलेसम्म विश्वभर ४लाख ६२ हजार ५१९ जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितहरुको संख्या ८७ लाख ४६ हजार २ सय ३८ पुगेको छ भने ४६ लाख १९ हजार ६ सय ४५ जना निको भएका छन । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । जहाँ हालसम्म १२१३९६ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या २२९५६२० पुगेको छ ।

त्यसैगरी ब्राजिलमा ४९०९० जनाको मृत्यु भएको छ भने १०३८५६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मृत्युका हिसाबले कोरोना संक्रमणको तेस्रो बढी प्रभाव रहेको मुलुक ब्रिटेनमा ४२४६१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३०१८१५ पुगेको छ ।

त्यस्तै ईटलीमा हालसम्म ३४५६१ जनाको मृत्यु भएको छ भने २३८०११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै फ्रान्समा २९६१७ जनाको मृत्यु भएको छ भने १५९४५२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कोरोनाका कारण स्पेनमा हालसम्म २८३१५ जनाको मृत्यु भैसकेको छ भने २९२६५५ जनामा संक्रमण फैलिएको छ ।

-यस समाचारमा मृतकको संख्या ४लाख ६२ हजार ५१९ जनाको हुनु पर्नेमा ४६ लाख १७ हजार ७२ हुन गएकोमा सच्याईएको छ । हाम्रो पाठकलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दछौं (स.)

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २६ बजे

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।