४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना प्रभावित धारामा आउने भन्दै छोडेको करेन्ट लागेर एकको मृत्यु



डोटी । डोटीको आदर्श गाउँपालिका-७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन् । आदर्श–७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी बाघ धारामा नुहाउन गएकी थिइन् ।

सोही बेलामा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले जानकारी दिनुभयो । सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन् । किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर राखेको छ ।

शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो ।

मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशील थिइन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ३९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज