२५ मंसिर २०८०, सोमबार | December 11, 2023

लकडाउन अवधिमा कपिलवस्तुमा २५ प्रतिशत विद्युत चुहावट बढ्यो



कपिलवस्तु । कोभिड –१९ को कारण जारी भएका लकडाउन को अवधिमा विद्युत चुहावट २५ प्रतिशत बढेको नेपाल बिद्यत् प्राधिकरण तौलिहवा ले जानकारी दिएको छ । गत वर्ष यस अवधीमा विद्युत चुहावट नियन्त्रण गरी १२ प्रतिशतमा झारीएको हाल लकडाउनको कारण चुहावट बढेको प्राधिकरण का प्रमखु जय कुमार यादवले बताएका छन ।

यसरी चुहावट बढे पछि अहिले फेरी त्यसको नियन्त्रणकालागि अभियान चलाईएको छ । नेपाल बिद्यत् प्राधिकरण तौलिहवामा बितारण केन्ँद्रले गत फागुन महिना भरी अभियान चलाएको थियो ।

कोरोना भाईरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी बिद्यतु चोरी बढेको प्राधिकरणले जनाएको छ ।

लकडाउन केही खुकुलो भए पछि एक साता यता फेरी गाउ गाममा चुहावट अभियान चलाईएको यादवले बताए । मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका विभिन्न गाउहरुमा चु्हावट धेरै हुने गरेका छन ।

पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउहरुमा संगठीतरुमा नै बिद्यतु चोरी गर्ने गरेका छन । अहिलको एक साताको अभियानमा नै नौ वटा पानी तान्ने मोटर, बल्डीङ मेशीन, एक थान मिटर सहीत २ जनालाई नियन्त्रणमा लिईएको छ ।

यशोधरा गाउँपालिको रंगपुरमा वल्डीङ मेशीन , २ थान मोटर तथा २ जालाई पक्राउ गरिएको प्रमुख यादवले बताए । पक्राउ गरिएका २ जालाई जरिवाना तिराई छाडिएको छ ।

यस्तै पर्साहियामा २ वटा मोटर, सिसहीनायमा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जुमनीमा एक, बिजुवामा तथा तौहिलवाको प्रशासन चोकमा रहेको एक मिटर समेत जफत गरिएको यादवले बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : ५६ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका