२३ श्रावण २०८३, शनिबार | August 8, 2026

लकडाउन अवधिमा कपिलवस्तुमा २५ प्रतिशत विद्युत चुहावट बढ्यो



कपिलवस्तु । कोभिड –१९ को कारण जारी भएका लकडाउन को अवधिमा विद्युत चुहावट २५ प्रतिशत बढेको नेपाल बिद्यत् प्राधिकरण तौलिहवा ले जानकारी दिएको छ । गत वर्ष यस अवधीमा विद्युत चुहावट नियन्त्रण गरी १२ प्रतिशतमा झारीएको हाल लकडाउनको कारण चुहावट बढेको प्राधिकरण का प्रमखु जय कुमार यादवले बताएका छन ।

यसरी चुहावट बढे पछि अहिले फेरी त्यसको नियन्त्रणकालागि अभियान चलाईएको छ । नेपाल बिद्यत् प्राधिकरण तौलिहवामा बितारण केन्ँद्रले गत फागुन महिना भरी अभियान चलाएको थियो ।

कोरोना भाईरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी बिद्यतु चोरी बढेको प्राधिकरणले जनाएको छ ।

लकडाउन केही खुकुलो भए पछि एक साता यता फेरी गाउ गाममा चुहावट अभियान चलाईएको यादवले बताए । मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका विभिन्न गाउहरुमा चु्हावट धेरै हुने गरेका छन ।

पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउहरुमा संगठीतरुमा नै बिद्यतु चोरी गर्ने गरेका छन । अहिलको एक साताको अभियानमा नै नौ वटा पानी तान्ने मोटर, बल्डीङ मेशीन, एक थान मिटर सहीत २ जनालाई नियन्त्रणमा लिईएको छ ।

यशोधरा गाउँपालिको रंगपुरमा वल्डीङ मेशीन , २ थान मोटर तथा २ जालाई पक्राउ गरिएको प्रमुख यादवले बताए । पक्राउ गरिएका २ जालाई जरिवाना तिराई छाडिएको छ ।

यस्तै पर्साहियामा २ वटा मोटर, सिसहीनायमा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जुमनीमा एक, बिजुवामा तथा तौहिलवाको प्रशासन चोकमा रहेको एक मिटर समेत जफत गरिएको यादवले बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : ५६ बजे

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर