४ पुस २०८२, शुक्रबार | December 20, 2025

विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयकमा काँग्रेसको नोट अफ डिसेन्ट



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई विहे गरेको सात वर्ष पछि मात्र नागरिकता दिने संसदीय समितिको प्रस्तावमा फरक मत राखेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकबारे भएको छलफलमा समितिमा काँग्रेसको तर्फबाट रहेका सदस्यहरुले फरक मत दर्ता गरेका हुन् ।

समितिले विदेशी महिलले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने प्रस्ताव ल्याएको छ ।

प्रस्तावको पक्षमा उभिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले निर्णय गरिसकेको छ । संसदमा सहज बहुमत रहेको नेकपाले प्रस्ताव अघि बढाउने निर्णय गरेपछि समितिमा सहमतिमा लागि भन्दै दुई वर्षदेखि अड्किएको विधेयक अघि बढ्ने बाटो खुलेको हो ।

तर, प्रमुख प्रतिपक्षी दल काँग्रेसले भने अन्तरिम संविधान अनुसार बनेको वर्तमान कानुन परिवर्तन गर्न नहुने अडान राखेको थियो । संविधानले नै अंगीकृत नागरिकता बहाकलाई निश्चित पोजिशनमा निषेध गरेका कारण थप सात वर्ष पछि मात्र नागरिकता दिनु उचित नहुने काँग्रेसको तर्क रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका काँग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले विधेयकमा फरक मत दर्ता गराएका हुन् ।

यसअघि आइतबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले विदेशी बुहारीलाई बिहे लगत्तै नागरिकता दिनुपर्छ भन्ने अडान राख्दै सरकारले जवरजस्ती अघि बढाए नोट अफ डिसेन्ट लेख्ने निर्णय गरेको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिबार बसेको सचिवालय बैठकले विदेशी बुहारीलाई बिहे गरेर आएको सात वर्ष पछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय गरेको थियो ।

संसदमा सहज बहुमतमा रहेको नेकपाले दुई वर्षदेखि विवादित नागरिकता विधेयक पारित नहुँदा नागरिकता प्राप्तिका अन्य समस्या समेत देखिएको भन्दै अघि बढाउने निर्णय गरेको थियो । तर, अन्तरिम संविधान अनुसार हाल कायम रहेको तत्कालै बिहेपछि तत्कालै नागरिकता प्राप्त गर्ने कानुन भने परिवर्तन गर्ने निर्णय गरेको थियो ।

अंगीकृत नागरिकता प्राप्त गर्न विदेशी बुहारीले ७ वर्ष कुर्नुपर्ने नेकपाको निर्णयप्रति मधेश केन्द्रित दल जनता समाजवादी पार्टीले पनि आपत्ति जनाएको छ ।

यस्तै, नेकपाकै सांसद प्रभु साहले पनि भारतसँगको रोटीबेटीको सम्बन्धमा असर गर्ने भन्दै निर्णयमा पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको