२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

म्यानचेस्टर सिटीको प्रभावशाली जितले लिभरपुलको उपाधि यात्रा पछि धकेलियो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले परजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो उसका लागि फिल फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे। यस्तै डेविड सिल्भाले एक गोल गरे ।

फोडिनले २२ र ६३ औँ तथा महरेजले ४३ र पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । सिल्भाले ५१ औँ मिनेटमा गोल गरे ।

म्यानचेस्टर सिटीको यो जितले लिभरपुलको चाँडै नै उपाधि पक्का गर्ने यात्रा केही पर धकेलिएको छ। यो जितका कारण आउँदो खेलमा विजयी हुँदैमा लिभरपुलले उपाधि पक्का गर्न नपाउने भएको छ ।

दोस्रो स्थानको सिटीको जितपछि ३० खेलबाट ६३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट २० अंक बढी रहेको छ । ११ औँ स्थानको बर्नलीको ३० खेलबाट ३९ अंक रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ०७ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि