३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटन मुख्य आधार



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेर खजुरालाई समृद्ध बनाउने योजना घोषणा गरेको छ ।

आज देखि सुरुभएको गांउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षतिले गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।

उनले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिको आधुनिकिकरण र व्यवसायिककरण गर्न सहुलियत विउ विजन, सिचाई, प्रविधि, तालिम, पकेट क्षेत्र स्थापना गरिने जस्ता कार्यक्रमहरु रहेका छन् ।

यसैगरी कार्यक्रममा बाँझो जग्गाहरुको एकिकृत संकलन गरि पुन उपयोगको व्यवस्था मिलाउन भुमि बैंकको अवधारणा अघि बढाइने, सो कार्यलाई प्रोसाहन गर्न सहुलियत मिलाउने र अनुदानका कार्यक्रम सन्चालन गर्नेका साथै कोभिड–१९ विषेश कृषि कार्यक्रम सन्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अध्यक्ष कक्ष्पतिले शिक्षाको मुलधारमा ल्याउन १५ देखि ५९ उमेर समुहका व्यक्तिहरुलाई साक्षर बनाउन, सबै बालबालिकाको बढ्ने अधिकारको सुनिश्चित गर्न अनिवार्य निशुल्क आधारभुत शिक्षा प्रदान गर्ने, माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्दै लगिने, प्रविधिमैत्रि शिक्षा सहित व्यवस्थापन मिलाइने बताए ।

उनले स्वास्थ्य तर्फ स्वस्थ गाउँको अवधारणा अनुसार स्वच्छ खानेपानि, सुविधा सम्पन्न सौचालय लगाएतका सुचकहरु तयार गरि लागु गरिने घोषणा गरे । कक्षपतिले प्रस्ताव गरेको कार्यक्रममा स्वास्थ्य सेवालाई आधुनिक र सेवाग्राहीमैत्रि बनाइने, एकिकृत र दिगो स्वास्थ्य सेवा प्रणालिको सस्थागत संरचनाको विकासमा जोड दिइएको छ ।

जेष्ठ नागरिकलाई ६÷६ महिनामा विशेषज्ञ सेवा सहितको निशुल्क सेवा प्रदान गर्ने, ८४ वर्ष पुरा भएका अति विपन्न वर्गका लागी आर्थिक सहयोग गरिने नीति लिइएको छ ।

त्यस्तै उद्योग पर्यटन विकासलाई पनि नीतिमा समेटेको छ । पर्यटन तर्फ होमस्टेको अवधारणालाई अघि बढाइने, खजुरा ४ मा पर्यटकियस्थलको विकास गरिने नीति लिएको छ । पुर्वाधार विकास तर्फ सडक, तथा पुल, सिचाई, लघु तथा साना जलविद्युत लगाएतका विकास गर्दा बातावरण मैत्रि गुणस्तरिय विकासमा जोड दिइनेछ ।

शुसासन पारदर्शिता, जवाफदेयिता, र उत्तरदायि शासन प्रणाली तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न निति लिइएको छ । गाउँपालिकाको सिफारिसमा उद्यम गर्ने युवाहरुलाई बैंक वित्तीय सस्थामार्फत १० लाख सम्म विना धितो कर्जा उपलव्ध गराउन सक्ने व्यवस्था मिलाइने नीति गाउँपालिकाका प्रमुख कक्षपतिले प्रस्तुत गरेका छन ।

स्थानीय स्रोत साधनको पहिचान गरि यसको अधिकतम उपयोग गर्ने, रोजगारिको अवसर सिर्जना गरि गरिवी न्यूनिकरण गर्नै नीति लिइएको कक्षपतिले जनाए । प्रदेश सरकारबाट घोषणा भएको प्रदेशस्तरिय विश्व विद्यालय स्थापना र सन्चालनमा ल्याउन गाउँपालिकाबाट आवश्यक सहयोग उपलव्ध गराइने नीति लिइएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ५१ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी