१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोनाका कारण आत्महत्या गर्ने बढ्दै, जनचेतना फैलाउनुपर्ने चिकित्सकको सुझाव



काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारणले आत्महत्या बढेकाले जनचेतना फैलाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा सरोजप्रसाद ओझाले कोभिड–१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाई त्यसलाई बढ्न नदिनुपर्ने बताउनुभयो ।

उहाले कोभिड–१९ लाई रोकथाम र नियन्त्रण गर्न हामी सक्दछौँ, कोभिड– १९ लाई सजिलै जित्न सकिन्छ जस्ता सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । उहाका अनुसार अहिले आत्महत्या २० प्रतिशतले बढेको छ । ‘कोभिड–१९ भन्दा अगाडि हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्दथे भने अहिले हरेक १७ देखि १८ जनामा आत्महत्या हुने गरेको छ’, उनले भने, ‘अहिले २० प्रतिशत आत्महत्या बढेको छ । त्यसैले आत्महत्या रोक्न जनचेतना जगाउनुपर्दछ ।’

कोभिड–१९ अगाडि विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दथे भने कोभिड–१९ पछाडि अमेरिका ११ मात्रै मिनेटमा एक जना र भारतका हरेक दुई मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको उहाले जानकारी दिनुभयो ।

बन्दाबन्दी ९लकडाउन०ले गर्दा २० देखि ४० वर्ष उमेर समूहका युवायुवती घर, क्वारेन्टिन र आइसोलेशन एक्लै बस्दा मनोसामाजिकमा नकारात्मक असर परी आत्महत्या गरेको पाइएको उहाको भनाइ छ । उहाका अनुसार युवामा आर्थिक, सामाजिक र पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर मनोविज्ञान कमजोर र डिप्रेसन बढेर जाँदा आवेशमा आएर आत्महत्या हुने गरेका छन् ।

उहाले नेपालीको रोगसँग लड्न क्षमता बढी भएका कारणले सङ्क्रमणबाट धेरै मानिसले ज्यान गुमाउनु नपरेकोसमेत बताउनुभयो । मनोचिकित्सक डा ओझाले विभिन्न अनुसन्धानले २०७२ सालको भूकम्पपछि पनि यहाँका मानिसमा डिप्रेशन र आत्महत्याका घटना बढ्न सक्ने बताएपनि त्यो नभएको भन्दै अहिले हामीसँग रोगसँग लड्न क्षमताका कारण, हामीमा एकले अर्कोलाई सहयोग गर्ने संस्कृति जस्ता विभिन्न कारणले मनोसामाजिक समस्या कम भएको उल्लेख गर्नुभयो ।

डा ओझाले कोरोना भाइरसमा समस्या परेकालाई सहयोग गर्नुपर्ने गरे कोभिड–१९ लाई सजिलै परास्त गर्नसक्ने बताउनुभयो । दिनमा सातदेखि आठ घण्टा सुत्न सक्यो भने हाम्रो शरिर एक किसिमको रासायनिक उत्पादन गर्ने र त्यसले रोगसँग लड्ने क्षमता बढाउन सक्ने उनको भनाइ रहेको थियो ।

अहिलेको कोरोनाका बेलामा भिटासिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गनुपर्ने सुझाव दिनुभयो । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान