२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कोरोनाका कारण आत्महत्या गर्ने बढ्दै, जनचेतना फैलाउनुपर्ने चिकित्सकको सुझाव



काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारणले आत्महत्या बढेकाले जनचेतना फैलाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा सरोजप्रसाद ओझाले कोभिड–१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाई त्यसलाई बढ्न नदिनुपर्ने बताउनुभयो ।

उहाले कोभिड–१९ लाई रोकथाम र नियन्त्रण गर्न हामी सक्दछौँ, कोभिड– १९ लाई सजिलै जित्न सकिन्छ जस्ता सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । उहाका अनुसार अहिले आत्महत्या २० प्रतिशतले बढेको छ । ‘कोभिड–१९ भन्दा अगाडि हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्दथे भने अहिले हरेक १७ देखि १८ जनामा आत्महत्या हुने गरेको छ’, उनले भने, ‘अहिले २० प्रतिशत आत्महत्या बढेको छ । त्यसैले आत्महत्या रोक्न जनचेतना जगाउनुपर्दछ ।’

कोभिड–१९ अगाडि विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दथे भने कोभिड–१९ पछाडि अमेरिका ११ मात्रै मिनेटमा एक जना र भारतका हरेक दुई मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको उहाले जानकारी दिनुभयो ।

बन्दाबन्दी ९लकडाउन०ले गर्दा २० देखि ४० वर्ष उमेर समूहका युवायुवती घर, क्वारेन्टिन र आइसोलेशन एक्लै बस्दा मनोसामाजिकमा नकारात्मक असर परी आत्महत्या गरेको पाइएको उहाको भनाइ छ । उहाका अनुसार युवामा आर्थिक, सामाजिक र पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर मनोविज्ञान कमजोर र डिप्रेसन बढेर जाँदा आवेशमा आएर आत्महत्या हुने गरेका छन् ।

उहाले नेपालीको रोगसँग लड्न क्षमता बढी भएका कारणले सङ्क्रमणबाट धेरै मानिसले ज्यान गुमाउनु नपरेकोसमेत बताउनुभयो । मनोचिकित्सक डा ओझाले विभिन्न अनुसन्धानले २०७२ सालको भूकम्पपछि पनि यहाँका मानिसमा डिप्रेशन र आत्महत्याका घटना बढ्न सक्ने बताएपनि त्यो नभएको भन्दै अहिले हामीसँग रोगसँग लड्न क्षमताका कारण, हामीमा एकले अर्कोलाई सहयोग गर्ने संस्कृति जस्ता विभिन्न कारणले मनोसामाजिक समस्या कम भएको उल्लेख गर्नुभयो ।

डा ओझाले कोरोना भाइरसमा समस्या परेकालाई सहयोग गर्नुपर्ने गरे कोभिड–१९ लाई सजिलै परास्त गर्नसक्ने बताउनुभयो । दिनमा सातदेखि आठ घण्टा सुत्न सक्यो भने हाम्रो शरिर एक किसिमको रासायनिक उत्पादन गर्ने र त्यसले रोगसँग लड्ने क्षमता बढाउन सक्ने उनको भनाइ रहेको थियो ।

अहिलेको कोरोनाका बेलामा भिटासिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गनुपर्ने सुझाव दिनुभयो । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय