१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

लायन्स मणि उजेसको अध्यक्षमा गुरुङ्ग निर्वाचित



बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेसको वर्ष सन् २०२०/२१ का लागि नयाँ नेतृत्व तथा हस्तान्तरण कार्यक्रम भएको छ ।

वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको समुहले वर्ष २०२०/२१ का नव निर्वाचित अध्यक्ष सोनाली गुरुङ्गको समुहलाई आफ्नो नेतृत्व हस्तान्तरण गरेको हो । वर्ष २०/२१ का लागि भएको निर्वाचनले प्रथम उपाध्यक्षमा ईन्जिनियर प्रविना घिमिरे, द्वितीय उपाध्यक्षमा सरस्वती पन्थी भुषाल, सचिवमा डाक्टर शान्ता शर्मा, कोषाध्यक्षमा सृजना श्रेष्ठ, सहचिवमा सन्जु पाठक, सहकोषाध्यक्षमा सन्जिवना आचार्यलाई निर्वाचित छ ।

यस्तै क्लवले सर्भिस प्रोजेक्ट चियरप्रशनमा रोजीना ज्ञवाली, मेम्बरसीप चियरप्रशनमा प्रिया कसौधन, मार्केटिङ्ग एण्ड कम्युनिकेशन चियरप्रशनमा रितु गुरुङ्गलाई चयन गरेको हो । त्यसैगरी क्लवको डाईरेक्टरमा मनुजा देवकोटा, विनिता भट्टराई, अलिना श्रेष्ठ, सल्मा केसी राई तथा क्लवको एम्बेस्टरमा सुशिला चौधरी र टामेरमा सुपर्ना बरुवाललाई चुनेको छ ।

क्लवका वर्ष वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको निर्वाचनपछिको नेतृत्व हस्तान्तरण कार्यक्रमममा क्लवका पुर्व अध्यक्ष सृष्टि गुरुङ्गले नयाँ टिमलाई बधाई तथा शुभकामना दिदै महिला ब्यक्तित्व, नेतृत्व विकाससँगै सशक्तिकरण र समाज रुपान्तरणमा क्लवले उदाहरणीय कार्य गर्नेतर्फ अफै अग्रसरता बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेतृत्व हस्तान्तरण गर्दै नव निर्वाचित अध्यक्ष सोनाली गुरुङ्गले वर्ष २०२०/२१ लाई कारोना विरुद्धको सचेतना वर्ष कार्यक्रम गर्ने उल्लेख गर्दै अघिल्लो कार्यसमितिले थालेका कार्यक्रमको निरन्तरतासँगै क्षमता विकास, उत्प्रेणात्मक, सामुदायिक सचेतना लगायतका कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : ४९ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त