४ पुस २०८२, शुक्रबार | December 19, 2025

काम गर्न कतार गएका अर्घाखांचीका युवाको छतबाट खसेर मृत्यु



काठमाडौं । रोजगारीको सिलसिलामा कतार पुगेका अर्घाखाँचीका एक युवाको छतबाट खसेर मृत्यु भएको छ ।

अर्घाखांची भूमिकास्थान नगरपालिका वडा नम्बर २ का ३४ बर्षिय हरि बहादुर सुनारको आफु बसेको घरको छातबाट लडेर मृत्यु भएको हो । आफु बस्ने कोठाभित्र ईन्टरनेटले काम नगरेको भन्दै नेटवर्क खोज्न छतको छेउ पुग्दा खसेको अनुमान गरिएको छ ।

मृतक सुनार छतबाट खस्ने दिनमा पनि बिगतका दिनहरुमा जस्तै छतमा गएको उनीसंगै बस्ने साथिहरुले बताएको कतारबाट कतारबाट पत्रकार राज थापाले जनाएकाछन् । सुनारको दुखद निधन प्रति अर्घाखाँची सेवा समाज कतार परिवारले दुःख ब्यक्त गरेको छ । प्रवासमा जिल्ला वासी दाजुभाई गुमाउदाको पीडाले सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष टेकराज थापाले बताए ।

अध्यक्ष थापाका अनुसार मृतक सुनार १८ महिना पहिले रोजगारिको सिलसिलामा कतार पुगेका थिए ।

मृतक सुनारको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । उनि कार्यरत कम्पनीले कानुनी प्रक्रिया अगाडी बढाएको र समाजले शवलाई नेपाल पठाउन पहल गर्ने बताएको छ ।

कोभिड-१९ ले गर्दा यतिबेला पहिले जस्तो सहज नभएको र कागजी प्रक्रिया पूरागरी शवलाई नेपाल पठाउन कम्पनीबाट पनि आवश्यक कार्य भैरहेको सोहि कम्पनीमा कार्यरत नेत्र प्रसाद आचार्यले बताएका छन् । सुनारको घरमा श्रीमति र एउटा ८ बर्षको र अर्को ३ वर्षका दुई छोरा छन ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको