४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेताहरुले सरकार ढाल्न सक्रिय नेताको नाम मागेपछि प्रधानमन्त्रीले बैठक छाडे



काठमाडौं । दुई दिनअघि भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको खुलासा गरेका प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न खोजेको बिषय पुष्टि गर्न भनेपछि ओली बैठक स्थायी समितिको बैठक छाडेर निस्केका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरेपछि ओली बैठक कक्षबाट बाहिर निस्केका छन् ।

प्रधानमन्त्री ओलीले दुई दिनअघि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा पास गरेसंगै भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको बताएका थिए ।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतमले भारतले सरकार ढाल्न खोजेको भन्ने ओलीको अभिव्यक्तिलाई पुष्टि गर्न माग गर्दै उनले भनेको नेपाली नेताको नाम बैठकमा भन्न आग्रह गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आधार भएर पार्टीलाई जानकारी दिनु पर्ने र बिना आधार गरिएको भए आपत्तिजनक भएको भन्दै नेताहरुले जनतामा गलत सन्देश गएको टिप्पणी गरेका थिए ।

यसैबीच नेताहरुको प्रश्न सुनेपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका छन् । उनी खाजा ब्रेकपछि बैठकबाट बाहिरिएको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको