४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा पनि भित्रियो सलह किरा



काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलह किरा भित्रिएको छ ।

मंगलबार अपरान्ह काठमाडौंको लाजिम्पाट, रानीबारी, सामाखुशी, गोंगबु, बसपार्क क्षेत्रमा सहल किरा देखिएको हो ।

काठमाडौंमा थोरै संख्यामा मात्र सलह देखिएको नार्कले जनाएको छ ।

सलह धपाउन रानीबारी क्षेत्रका मानिसहरुले घरको छतछतबाट भाँडाकुँडा बजाएका छन् ।

विगत केहिदिन यता भारतहुँदै नेपाल भित्रिएको सलह किराले यतिबेला पहाडी क्षेत्रमा पुगिसकेको छ । मंगलबारबिहान मात्रै रसुवामा समेत सलह पुगेको थियो ।

सानो समुहमा मात्रै आएका कारण अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको तर ठूलो समुहमा आएमा भने खेतीबालीलाई नष्ट गर्न सक्ने भन्दै कृषि वैज्ञानिकहरुले सचेत बन्न किसानहरुलाई सुझाव दिएका छन् ।

ठूलो संख्यामा सलह भित्रिएमा भने विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको