१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

स्थायी कमिटी बैठकअघि मन्त्रपरिषद्, मन्त्रिपरिषद् अघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको परामर्श



काठमाडौं । सत्तारुढ नेकपा स्थायी समितिको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बालुवाटारमै बस्ने गरेको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकको समय सँगसँगै पर्दा नेकपा भित्रको विवादको प्रभाव मन्त्रिपरिषद्मा पर्ने पो हो कि भन्ने आंशका जनाइएको छ ।
यद्यपी, हरेक बिहीबार मन्त्रपरिषद् बैठक बस्ने गरेको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । स्थायी समिति बैठक अघि मन्त्रिपरिषद् बैठक बोलाउनु र त्यसअघि राष्ट्रपतिसँग परामर्श गर्नुलाई राजनीतिक चासोका रुपमा हेरिएको छ।

यसअघि गत मंगलबार पनि ओलीले स्थायी समितिको बैठकअघि र पछि दुईपटक राष्ट्रपति भण्डारीलाई भेटेका थिए।
बुधबार प्रधानमन्त्री ओलीले केही मन्त्री र निकट नेता एवं सांसदहरुसँग बालुवाटारमै छलफल गरेका थिए ।

पार्टीीभत्रको विपक्षी तर बहुमत सदस्यसहितको गुट सक्रियताका साथ आफुलाई हटाउन लागेपछि ओली यतिबेला अभूतपूर्व राजनीतिक संकटमा रहेका छन् ।

बिहीबार बिहान ओली निकट स्थायी कमिटी सदस्यहरुले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी पूर्व सहमतिका साथ अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा प्रचण्डले सबै पक्षबाट भएका गल्ती कमजोरीमाथि समीक्षा हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १२ : १४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम