१६ असार २०८३, मंगलबार | June 30, 2026

स्थापना दिवसमा वृक्षारोपण र दीप प्रज्वलन



बुटवल । बुटवल फर्निचर उद्योग संघको २१ औ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा दीप प्रज्वलन गरिएको छ ।

स्थापना दिवसमा शनिबार ढवाहास्थित पिस पार्कमा वृक्षारोपण तथा आफनै कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको हो । वार्षिक कार्ययोजना अनुसार वृक्षारोपण गरिएको संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेले बताए ।

कोरोना भाईरस संक्रमणको विषम परिस्थितिमा भिडभाड नगरि सामाजिक दुरि सहितको सामान्य कार्यक्रम गरि वार्षिकोत्सव मनाइएको उनले बताए । हरेक वर्ष धेरै बिरुवा रोपिए पनि संरक्षण नहुने समस्या रहेको भन्दै उनले पिस पार्कमा गरिएको बिरुवा नमुना र संरक्षण हुने आशा ब्यक्त गरे ।

कार्यक्रममा ब्रह्माकुमारी नारायणी दिदिले वृक्षारोपण महत्वपुर्ण विषय भएको बताईन । बदलिदो विश्व वातावरण जोगाउन समेत वृक्षारोपण पवित्र काम भएको उनले दाबी गरिन । बोटबिरुवालाई रोपेपछि धेरै रेखदेख गर्नुपर्ने, भिटामिन राख्ने, काटछाट समेत जरुरी हुने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघका सल्लाहकार विष्णु कुमार श्रेष्ठ, बोनिन पिया, निवर्तमान नरेश कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफ्ले, ब्रह्माकुमार भरत कुमार, मिना दिदीले ब्यवसायिक संस्थासंगै सामाजिक काममा अग्रसर हुनु गौरवको विषय भएको बताए ।

कपुर, धुपिसल्ला, तेजपत्ताका ३० वटा बिरुवा रोपिएको कार्यक्रमका संयोजक बल बहादुर गोदारले बताए । बताए । बिस २०५६ सालमा स्थापना भएको संस्थाले निरन्तर वृक्षारोपण गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४३ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि