५ पुस २०८२, शनिबार | December 20, 2025

लायन्स क्लब अफ बुटवल बेलवास सिर्जनशीलको वृक्षारोपण



बुटवल । लायन्स क्लब अफ बुटवल बेलवास सिर्जनशीलले वर्ष २०१९/२० मा गरेको कार्यलाइ निरन्तरता दिदै बर्ष २०/२१ का अध्यक्ष बिमला गैरेको अध्यक्षता र डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानाङ्गको प्रमुख आतिथ्यतामा बुटवल १३ को भैरव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १०० बढी बिरुवाहरु रोपिएको लायन सिर्जनशील क्लबका अध्यक्ष गैरले जानकारी दिए । उनले हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले बृक्षारोपणलाई प्राथमिकता दिएको बताए ।

वृक्षारोपणसँगै बिरुवाको संरक्षण महत्वपूर्ण हुने भएकाले हरेक घर र समुदायले बिरुवाको संरक्षणमा चासो दिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथी डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानाङ्गले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।

त्यस्तै बुटवल १३ का जनप्रतिनिधि बेद प्रसाद गैरले वातावरण संरक्षणका लगि यसक्षेत्रमो लायन शृजनशिल कलव बृक्षारोपण गरेको काम सराहनीय रहेको बताउदै शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा शिवलाल उपध्याय शोभाखर पाण्डेय उमलाल बन्जाडे, ओमकार अचार्य, मधुकला कुवर लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ४९ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले