१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

जडिबुटी औषधीको अनुसन्धानका लागि आयुर्वेद विश्वविद्यालय स्थापना गर्न विज्ञहरुको सुझाव



काठमाडौं । जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्न विज्ञहरुले सुझाव दिएका छन्

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा उपस्थित भएका विज्ञहरुले योगमाया आयुर्वेद विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रीत नगरी अनुसन्धान गर्ने विश्वविद्यालयको रुपमा विकास गर्न सुझाव दिएका छन् ।

नेपाल खुला विश्व विद्यालयका उपकुलपति लेखनाथ शर्माले एप्लाइड साइन्सको विश्वविद्यालय भएकाले अनुसन्धान युनिट नभई नहुने बताए । शर्माले हिमाल, पहाड र तराईमा भएका जडिबुटीबाट औषधि उत्पादन गर्ने गरी विश्वविद्यालयको संरचना निर्माण गर्न नियमहरु ल्याउन मिल्नेगरी ऐन ल्याउनुपर्ने धारणा राखे । उनले खुला विश्वविद्यालयको रिक्वायरमेन्टले माग्ने न्यूनतम एकेडेमिक स्टाण्डर्ड कायम गर्न चाहिने चिजको व्यवस्था ऐनले नै गर्नुपर्नेमा बताए ।

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विश्वविद्यालयको क्षेत्राधिकार नै तोक्नुपर्ने धारणा राखे । देवकोटाले जडिबुटी प्रसोधन गर्नका लागि अनुसन्धान आवस्यक पर्ने भएकाले विश्वविद्यालयले गर्ने कामको विषयलाई क्षेत्राधिकार भित्र व्याख्या गरेर जानुपर्ने बताए ।

देवकोटाले विश्वविद्यालयलाई गभर्निङ काउन्सिलको अवधारणा अनुसार लैजानेगरी ऐन निर्माण गर्न सुझाव दिए । काउन्सिलले निर्वाचित गरेको काउन्सिल, प्रादेशिक र स्थानीय प्रतिनिधित्व सहितको तीन सदस्यिय सर्च कमिटिले पदाधिकारी नियुक्त गर्ने व्यवस्था गर्दा स्थानीय प्रतिनिधित्व हुन सक्ने उनले बताए ।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रीत नगरेर अनुसन्धानमा ध्यान दिनुपर्ने धारणा राखे । प्रदेश र स्थानीय तहको स्वामित्व हुने गरी विश्वविद्यालयको संरचना निर्माण गर्दा सबैको अपनत्व देखिने प्रधानले बताए । प्रधानले अनुसन्धानमा आधारित हुने विश्व विद्यालयलाई राजनीति गर्ने थलोको रुपमा विकास गर्न नहुने पनि धारणा राखे ।

बैठकमा सांसदहरुले प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानका लागि योगमाया विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन् । सांसदहरुले आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने विषयमा आफुहरुको ध्यान गएको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ४६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।