५ पुस २०८२, शनिबार | December 20, 2025

खजुराको सार्वजानिक सुनुवाईमा कोरोना रोकथाममा पालिकाले गरेको खर्च मागियो



खजुरा । बाँकेको खजुराबासीले स्थानीय खजुरा गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा गांउ पालिकाले गरेकोे खर्चका बिषयमा प्रश्न उठाएका छन् ।

उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावितलाई बांडेको राहत जस्ता बिषयमा गाँउपालिका पारदर्शी नभएको आरोप लगाएका छन् ।

उनीहरुले कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, लकडाउनको मारमा परेकालाई उचित राहतको कार्यक्रम नल्याएको जस्ता गुनासो समेत गरेकाछन् ।

खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवाबारे खजुराका विभिन्न वडाबाट सहभागीले गांउ पालिकाको गतिबिधिको खुलेर आलोचना गरेका थिए ।
सोमबार भएको सार्वजनिक सुनुवाईमा खजुराबासीले चासो पूर्वक भाग लिएका थिए ।

सार्वजानिक सुनुवाईमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका, विभिन्न विषयगत शाखाले गरेका कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसक्रममा प्रमुख कक्षपतिले खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र कार्यप्रगतिबारे गाउँपालिकाको वेभसाइटमा राखिने गरेको जानकारी दिए ।

विभिन्न सम्पन्न भएका योजना, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा भएका प्रगतिबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । ८ वटै वडाबाट आएका सहभागीले उठाएको प्रश्नको जवाफ खजुरा गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुले दिएका थिए ।

चालू आर्थिक वर्षको गाउँपालिकाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कक्षपतिले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माणमा कोरोनाले प्रभावित भएको बताए ।

कक्षपतीले खजुरामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढिरहेको, विकास निर्माणमा गत आर्थिक वर्षमा १८ किलोमिटर सडक कालोपत्रे गरेकोमा यो वर्ष पनि वडा नं। ५ देखि ८ सम्म १६ किलो मिटर र अन्य वडाहरुमा ३ किलो मिटर सडक कालोपत्रेको चरणमा रहेको जानकारी दिए ।

बहुउद्देशीय सभाहल निर्माणको प्रक्रियामा रहेको, शीतभण्डार, औद्योगिक ग्राम, खेलकुद ग्रामको काम पनि अगाडि बढेको जस्ता थुप्रै विकासका काम अगाडि बढेको प्रमुख कक्षपतिले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ३४ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने