२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

खजुराको सार्वजानिक सुनुवाईमा कोरोना रोकथाममा पालिकाले गरेको खर्च मागियो



खजुरा । बाँकेको खजुराबासीले स्थानीय खजुरा गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा गांउ पालिकाले गरेकोे खर्चका बिषयमा प्रश्न उठाएका छन् ।

उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावितलाई बांडेको राहत जस्ता बिषयमा गाँउपालिका पारदर्शी नभएको आरोप लगाएका छन् ।

उनीहरुले कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, लकडाउनको मारमा परेकालाई उचित राहतको कार्यक्रम नल्याएको जस्ता गुनासो समेत गरेकाछन् ।

खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवाबारे खजुराका विभिन्न वडाबाट सहभागीले गांउ पालिकाको गतिबिधिको खुलेर आलोचना गरेका थिए ।
सोमबार भएको सार्वजनिक सुनुवाईमा खजुराबासीले चासो पूर्वक भाग लिएका थिए ।

सार्वजानिक सुनुवाईमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका, विभिन्न विषयगत शाखाले गरेका कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसक्रममा प्रमुख कक्षपतिले खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र कार्यप्रगतिबारे गाउँपालिकाको वेभसाइटमा राखिने गरेको जानकारी दिए ।

विभिन्न सम्पन्न भएका योजना, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा भएका प्रगतिबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । ८ वटै वडाबाट आएका सहभागीले उठाएको प्रश्नको जवाफ खजुरा गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुले दिएका थिए ।

चालू आर्थिक वर्षको गाउँपालिकाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कक्षपतिले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माणमा कोरोनाले प्रभावित भएको बताए ।

कक्षपतीले खजुरामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढिरहेको, विकास निर्माणमा गत आर्थिक वर्षमा १८ किलोमिटर सडक कालोपत्रे गरेकोमा यो वर्ष पनि वडा नं। ५ देखि ८ सम्म १६ किलो मिटर र अन्य वडाहरुमा ३ किलो मिटर सडक कालोपत्रेको चरणमा रहेको जानकारी दिए ।

बहुउद्देशीय सभाहल निर्माणको प्रक्रियामा रहेको, शीतभण्डार, औद्योगिक ग्राम, खेलकुद ग्रामको काम पनि अगाडि बढेको जस्ता थुप्रै विकासका काम अगाडि बढेको प्रमुख कक्षपतिले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ३४ बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन