२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

अयोध्याबारे प्रधानमन्त्रीको विवादास्पद बोलीबारे परराष्ट्रको स्पष्टोक्ती : कसैको भावनामा चोट पु-याउने उद्देश्य हैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमा पर्छ भनेर अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भारतमा मात्र नभएर देशभित्रै आलोचना बढेपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ ।

कुनै विवादै नभएको विषयमा अप्रासंगिक ढंगले प्रधानमन्त्रीले प्याच्च बोल्दा सिंगो मुलुक नै प्रतिरक्षात्मक बन्न पुगेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोही–कसैमाथि चोट पु-याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक नभएको उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ –

१ प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पु-याउने नियत होइन ।

२ श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो ।

३ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन ।

ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ,  जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : २० बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन