५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्व लडाकु ‘जोखिम’ हतियार सहित पक्राउ



मोरङ । माओबादीका पुर्व लडाकु जोखिम र नन्दकिशोर नामले चिनिने नन्दबहादुर बाृहोरालाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियार सहित नियन्त्रणमा लिएको छ ।

उर्लाबारीमा बस्दै आएका कालिकोटका बोहोरालाई कटुवा पेस्तोल, सकेट बम र अन्य हतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बोहोरासँगबाट प्रहरीले कटुवा पेस्तोल १ थान, थ्रीनटथ्रीको गोली राउण्ड ३ थान, सकेट बम १ थान, ईलेक्ट्रिक डेटोनेटर केवल सहित १ थान, नेपाल टेलिकमको सिम ७ थान, एनसेलको सिम २ थान,मोबाईल १ थान, ब्याट्री ४थान, पूर्व लडाकु संघ नेपाल लेखिएकोस्टाम प्याड १ थान र पेनड्राईभ १ थान बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बोहरालाई घरमा लुकीछिपी बसिरहेको अवस्थामा उक्त हातहतियार तथा विभिन्न सामग्रीहरु सहित पक्राउ गरेको बताएको छ ।

बोहोरा २०७६माघ५ गते मिक्लाजुङ्ग गाउँपालिका-१ साकेलाथानस्थित सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोटन गराएको, २०७६माघ१० गते केरावारी गाउँपालिका-१० स्थित केरावारी गाउपालिकाको कार्यालयमा र २०७६ माघ१२ गते केरावारी गाउँपालिका-२ स्थित एनसेलको टावरमा बम बिस्फोटन गराएको लगायतका घटनामा संग्लग्न भएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले झापा तथा सुनसरीका विभिन्न स्थानहरुमा समेत बिष्फोटन भएको घटनामा संलग्न रहनुका साथै भोजपुर तथा संखुवासभामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा समेत बोहोरा संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : ३१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता