२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

तिलोत्तमाको मगरघाटमा किरियापुत्री भवन निर्माण



तिलोत्तमा । नेपाल विद्युत प्राधिकरण बुटवल–लुम्बिनी १३२ केभी प्रसारणलाइन आयोजनाले तिलोत्तमा नगरपालिकाको वडा नं. ३ मगरघाटमा किरियापुत्री भवन निर्माण गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत् दुई कोठे भवन निर्माण गरी नगरपालिकामार्फत् मगरघाट विकास तथा व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण गरेको हो ।

आयोजना प्रमुख हरिप्रसाद पाण्डेले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेमार्फत् समितिका अध्यक्ष पदमप्रकाश रानालाई भवन हस्तान्तरण गर्नुभयो । आयोजनाले भवनसँगै मगरघाटमा विद्युत् ट्रान्सफर्मर समेत राखिदिएको छ । भविष्यमा बन्न सक्ने विद्युतीय शवदाह गृहको आवश्यकतालाई समेत पूरा गर्नेगरी आयोजनाले विद्युत् ट्रान्सफर्मरको व्यवस्था मिलाएको हो ।

किरियापुत्री भवन र ट्रान्सफर्मरको लागत झण्डै २५ लाख रहेको आयोजनाले जानकारी दिएको छ । कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत् आयोजनाले निर्माण गरेको किरियापुत्री भवनबाट सबैले लाभ लिनसक्ने उल्लेख गर्नुभयो ।

योगिकुटीबाट १३२ केभी लाइन सियारी गाउँपालिकाको वडा नं. २ मैनहिया पुर्याएर सव–स्टेशन निर्माण गर्नेगरी विद्युत् प्राधिकरणले यो आयोजना सुरु गरेको हो । योगिकुटीदेखि मगरघाटसम्म १३२ केभी विद्युत् लाइन अन्डरग्राउण्ड गरी लैजाने र त्यसपछि टावरमार्फत् मैनहियासम्म पुर्याउने गरी काम भैरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : २९ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा