२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

बनारसमा नेपाली नागरिकमाथि अभद्र व्यवहार, कपाल मुण्डन गरी प्रधानमन्त्री ओली विरुद्ध नारा लगाउन बाध्य पारियो



श्रीरामको जन्मभूमि अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा भन्दै भारतको बनारसमा एक नेपाली नागरिक माथि विश्व हिन्दु सेनाका व्यक्तिहरुले अभद्र व्यवहार गरेका छन् ।

विश्व हिन्दु सेनाका संरक्षक भन्ने अरुण पाठक र उनका कार्यकर्ताहरुले बनारसमा रहने नेपाली नागरिकमाथि गत बुधबार जवरजस्ती गर्दै कपाल मुण्डन गराइदिएका छन् ।

उनीहरुले त्यसक्रममा ती नेपालीलाई प्रधानमन्त्री ओलीको विरुद्धमा नारावाजी गर्न बाध्य बनाएका छन् । ती व्यक्तिको टाउकोमा श्री राम लेखिएको र नारावाजी गरेको भिडियो अरुण पाठकले नै सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।

पाठकले आफुहरुले गरेको कारवाही सही भएको दाबी गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन् । ओलीले फेरि यस्तो अभिव्यक्ति दिए बनारसमा रहेका नेपाली नागरिकमाथि यस्तै व्यवहार गरिनेछ  ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा भएको यस्तो अमानवीय कामको भने सर्वत्र विरोध भएको छ ।

यस विषयमा बनारसको भेलुपुर प्रहरी थानामा उजुरी दर्ता भएको छ । प्रहरीले अरुण पाठक र उनको समुहलाई खोजी गरिरहेको बताएको छ ।

भारतको मध्यप्रदेशको इन्दोरमा पनि सन्त समाज नाम गरेको समुहले प्रधानमन्त्री ओलीको विरोधमा पुत्ला दहन गर्दै नेपाली नागरिकलाई लखेट्ने चेतावनी दिएको छ । कम्प्युटर बाबा नाम गरेका व्यक्तिको अगुवाईमा नारावाजी भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ४४ बजे

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद