५ पुस २०८२, शनिबार | December 20, 2025

बनारसमा नेपाली नागरिकमाथि अभद्र व्यवहार, कपाल मुण्डन गरी प्रधानमन्त्री ओली विरुद्ध नारा लगाउन बाध्य पारियो



श्रीरामको जन्मभूमि अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा भन्दै भारतको बनारसमा एक नेपाली नागरिक माथि विश्व हिन्दु सेनाका व्यक्तिहरुले अभद्र व्यवहार गरेका छन् ।

विश्व हिन्दु सेनाका संरक्षक भन्ने अरुण पाठक र उनका कार्यकर्ताहरुले बनारसमा रहने नेपाली नागरिकमाथि गत बुधबार जवरजस्ती गर्दै कपाल मुण्डन गराइदिएका छन् ।

उनीहरुले त्यसक्रममा ती नेपालीलाई प्रधानमन्त्री ओलीको विरुद्धमा नारावाजी गर्न बाध्य बनाएका छन् । ती व्यक्तिको टाउकोमा श्री राम लेखिएको र नारावाजी गरेको भिडियो अरुण पाठकले नै सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।

पाठकले आफुहरुले गरेको कारवाही सही भएको दाबी गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन् । ओलीले फेरि यस्तो अभिव्यक्ति दिए बनारसमा रहेका नेपाली नागरिकमाथि यस्तै व्यवहार गरिनेछ  ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा भएको यस्तो अमानवीय कामको भने सर्वत्र विरोध भएको छ ।

यस विषयमा बनारसको भेलुपुर प्रहरी थानामा उजुरी दर्ता भएको छ । प्रहरीले अरुण पाठक र उनको समुहलाई खोजी गरिरहेको बताएको छ ।

भारतको मध्यप्रदेशको इन्दोरमा पनि सन्त समाज नाम गरेको समुहले प्रधानमन्त्री ओलीको विरोधमा पुत्ला दहन गर्दै नेपाली नागरिकलाई लखेट्ने चेतावनी दिएको छ । कम्प्युटर बाबा नाम गरेका व्यक्तिको अगुवाईमा नारावाजी भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ४४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता