२८ भदौ २०८३, आइतबार | September 14, 2026

कोरोना संक्रमणबाट वीरगन्जका एक पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४३ पुग्यो



वीरगन्ज । कोरोना भाइरसको संक्रमणका कारण वीरगन्जमा एक जना व्यक्तिको मृत्यु भएको छ ।

वीरगन्जको माईस्थान वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको उपचारको क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि एडभान्स अस्पतालमा भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्यमा कोरोनाको शंकास्पद लक्षण देखिएको थियो ।

त्यसपछि उनलाई गत मंगलबार कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पताल पुर्याइएको थियो । तर, सोही साँझ उनको मृत्यु भएको हो ।

मृत्यु पछि गरिएको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । वर्णवालको कुनै ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । जसमध्ये ४२ जना नेपाली नागरिक र १ जना चिनियाँ नागरिक रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : ४३ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा