६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खजुरा गाँउपालिका प्लास्टिकमुक्त गाँउ बन्दै



खजुरा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तरगतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यबस्थापन गर्न शुरु गरिएको हो ।

प्रत्येक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ । प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक साथ उक्त कार्यक्रमको उदघाटन गरे ।

त्यसअवसरमा बोल्दै सांसद खरेलले मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए । उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताउँदै खजुराले त्यसै गरेको पाइएको बताए ।

अर्का सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु(याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे ।

खजुरा गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तरगत पहिलो चरणमा ३० जना सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलाहरुलाई लक्षित गरेर रोजगारको अवसर दिने उद्देश्यले सपिङ झोला उत्पादन गर्ने कार्यक्रम सञ्चालनमा ल्याईएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति जानकारी दिए । उनले प्लाष्टिक झोलामुक्त गाउँपालिका घोषणा गर्ने उद्देश्यले झोला उत्पादन गर्न लागिएको बताए । अध्यक्ष कक्षपतिले खजुरामा उत्पादन भएका सपिङ झोला नेपालगन्जको भाटभटेनी सुपर मार्केटसँग बिक्रीका लागि सम्झौता भएको समेत जानकारी दिए ।

आफूसँग सिलाईसम्बन्धी ज्ञान भए पनि सिलाई मेसिन किन्ने क्षमता नभएकाले अन्य ज्याला मजदुरीको काम गर्ने गरेको भन्दै झोला सिलाईबाट आएको आम्दानीले बालबच्चाको पढाईमा लगाउने खजुरा २ की कृष्णा बिसीले बताईन् ।

खजुरा गाउँपालिकाले ८ वटै वडामा प्लाष्टिक झोला मुक्त गर्ने र प्लाष्टिक झोलाको बिकल्पका रुपमा कपडाको सपिङ झोला उत्पादन गर्ने अभियानमा अघि सरेको छ ।

खजुरा क्षेत्रलाई समृद्ध बनाउनेदेखि स्वच्छ खजुरा बनाउन सपिङ झोला उत्पादन कार्यले निकै राम्रो भूमिका खेल्ने खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ५३ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा