५ पुस २०८२, शनिबार | December 20, 2025

भारतको अयोध्यामा राममन्दिरको शिलन्यास हुँदै, विश्वभरका हिन्दु समुदाय उत्साहित



काठमाडौं । आज भारतको अयोध्यामा राममन्दिरको शिलन्यास हुँदैछ ।

भारत लगायत विश्वभरका हिन्दु समुदायले राममन्दिर पुनस्र्थापनाको सुरुवातलाई उत्साहका साथ हेरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिर स्थापनाको शिलन्यास गर्दैछन् । मन्दिर शिलन्यास गर्न प्रधामन्त्री नरेन्द्र मोदी नेपाली समयअनुसार बिहान ११:४५ बजे अयोध्याको साकेत विश्वविद्यालयमा बनाइएको हेलिप्याडमा अवतरण गर्नेछन् ।

त्यसपछि, प्रधानमन्त्री मोदीले हुनमानगढी मन्दिर र रामललाको दर्शन गरेपछि साढे १२ बजे राममन्दिर प्राङ्गणमा वृक्षारोपण गर्नेछन् । यसलगत्तै उनले १२ बजेर ५५ मिनेटमा मन्दिर शिलन्याकाको भूमिपूजन गर्ने कार्यक्रम रहेको छ ।

शिलन्यास समारोहमा उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, राममन्दिर ट्रष्ट प्रमुख महन्त नृत्य गोपाल दास, राष्ट्रिय स्वयं सेवक संघका प्रमुख मोहन भागवत प्रधानमन्त्री मोदीसँगै मञ्चमा सँगै रहनेछन् ।

भारतीय जनता पार्टीका उच्च नेताहरु, वरिष्ठ सन्त महन्तहरुलाई निमन्त्रणा दिइएको छ । नेपालबाट पनि जानकी मन्दिरका सन्त समारोहमा उपस्थित हुने आयोजकले जनाएकाछन् ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या गएका छन् ।

कोरोना महामारीका कारण १७५ जनालाई मात्र मन्दिर शिलन्यासको विशेष कार्यक्रममा निम्ता दिइएको छ ।

कार्यक्रममा अयोध्या ज़मीन विवादको एक पक्ष मुस्लिम समुदायको तर्फबाट इकबाल अन्सारीलाई निम्ता दिइएको छ । अन्सारीका बाबु हाशिम अंसारीले बाबरी मस्जिदको जमिन बचाउनका लागि मृत्यपर्यन्त मुस्लिम समुदायको नेतृत्व गरेका थिए । उनले रामचरितमानस प्रधानमन्त्री मोदीलाई हन्तान्तरण गर्ने बताइएको छ ।

अयोध्यामा हिन्दु र मुस्लिम समुदायबीच कुनै विवाद नरहेको अन्सारीले बताएका छन् । यसैगरी फैजावादमा रहेका पद्मश्री मोहम्मद शरीफ़लाई पनि निम्ता प्राप्त भएको छ ।

मन्दिर स्थापना हुनेभएपछि भारतभर विशेष उल्लासमय माहौल देखिएको छ । कोरोना भाइसरको महामारीबाट नराम्रोसँग प्रभावित भारतीयलाई भाइसरसको संक्रमणबाट जोगिने भन्दा राममन्दिर शिलन्यास समारोह हेर्ने उत्सुकत बढेको छ ।

यद्यपी, प्रशासनले मन्दिर स्थापना गर्न लागेको अयोध्यामा अनावश्यक आवतजावतलाई रोक लगाएको छ । अयोध्याको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।

लामो विवाद पछि भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद भत्किएको स्थानमा पुरानो राममन्दिर रहेको फैसला गर्दै मन्दिर पुनर्निमार्णका लागि आदेश दिएको थियो ।

भारतमा हिन्दु र मुस्लिम समुदायबीच सन् १९९०को दशकमा हिंस्रक झडप भएको थियो । साम्प्रदायिक झडममा हजारौंको ज्यान गएको थियो । अहिले पनि भारतका विभिन्न स्थानमा हिन्दु र मुस्लिम समुदायबीच हिंस्रक झडप हुँदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता