१६ मंसिर २०८०, शनिबार | December 2, 2023

चीनसँग एकैदिन ४८ लाख व्यक्तिमा कोरोना परीक्षण गर्ने क्षमता, २० करोड कोरोना किट्स देशभरका स्वास्थ्य केन्द्रमा वितरण



चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिएका छन् ।

जसमध्ये ३७ जनामा लक्षसहितको कोरोना देखिएको छ भने २० जनामा कुनै पनि लक्षण देखिएको छैन ।

चीनको स्वास्थ्य आयोगले लक्षणसहितको र लक्षण नभएका कोरोना संक्रमितको अलग अलग तथ्याङ्क राख्ने गर्छ ।

यद्यपी, चीनमा बिहीबार कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु भने भएको छैन ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनको कुल ८८ हजार ३२८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४ हजार ६७७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सबैभन्दा पहिला संक्रमण फैलिए पछि चीन कडा मेहनत र अनुशासनमा रहेर भाइरसको नियन्त्रण गर्न सफल भएको थियो ।

अहिले चीनमा निकै न्यून स्तरमा मात्र संक्रमितहरु देखिने गरेका छन् । यद्यपी, चीनले कोरोना भाइरसको परीक्षण दरलाई भने दिनप्रतिदिन बढाउँदै लगेको छ ।

चीनले अहिले दिनमा ४८ लाख ४ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता वृद्धि गरेको छ ।

प्रत्येक दिन ४८ लाख बढीको परीक्षण गर्नसक्ने क्षमता बनाएको चीनको उद्योग एवं सूचना प्रविधि मन्त्रालयका उपाध्यक्ष वाङ जियाङपिङले बताए । यसका लागि देशभरमा ५ हजार मेडिकल संस्था र ३८ हजार प्राविधिकहरुले काम गरेका छन् ।

उपाध्यक्ष वाङले भने, २० करोड परीक्षण किट्स देशभरका अस्पताल, रोग नियन्त्रण केन्द्र, बन्दरगाह र तेस्रो पक्ष परीक्षण एजेन्सीलाई वितरण गरिएको छ । -एजेन्सी

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १२ : २५ बजे

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन