१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीनसँग एकैदिन ४८ लाख व्यक्तिमा कोरोना परीक्षण गर्ने क्षमता, २० करोड कोरोना किट्स देशभरका स्वास्थ्य केन्द्रमा वितरण



चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिएका छन् ।

जसमध्ये ३७ जनामा लक्षसहितको कोरोना देखिएको छ भने २० जनामा कुनै पनि लक्षण देखिएको छैन ।

चीनको स्वास्थ्य आयोगले लक्षणसहितको र लक्षण नभएका कोरोना संक्रमितको अलग अलग तथ्याङ्क राख्ने गर्छ ।

यद्यपी, चीनमा बिहीबार कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु भने भएको छैन ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनको कुल ८८ हजार ३२८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४ हजार ६७७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सबैभन्दा पहिला संक्रमण फैलिए पछि चीन कडा मेहनत र अनुशासनमा रहेर भाइरसको नियन्त्रण गर्न सफल भएको थियो ।

अहिले चीनमा निकै न्यून स्तरमा मात्र संक्रमितहरु देखिने गरेका छन् । यद्यपी, चीनले कोरोना भाइरसको परीक्षण दरलाई भने दिनप्रतिदिन बढाउँदै लगेको छ ।

चीनले अहिले दिनमा ४८ लाख ४ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता वृद्धि गरेको छ ।

प्रत्येक दिन ४८ लाख बढीको परीक्षण गर्नसक्ने क्षमता बनाएको चीनको उद्योग एवं सूचना प्रविधि मन्त्रालयका उपाध्यक्ष वाङ जियाङपिङले बताए । यसका लागि देशभरमा ५ हजार मेडिकल संस्था र ३८ हजार प्राविधिकहरुले काम गरेका छन् ।

उपाध्यक्ष वाङले भने, २० करोड परीक्षण किट्स देशभरका अस्पताल, रोग नियन्त्रण केन्द्र, बन्दरगाह र तेस्रो पक्ष परीक्षण एजेन्सीलाई वितरण गरिएको छ । -एजेन्सी

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १२ : २५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो