६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कपिलवस्तुमा भोलिदेखी १० दिनका लागि निधेषाज्ञा जारी, निजी सवारीमा जोर बिजोर लागू



तौलिहवा । कोरोना संक्रमणले बिस्तारै पुनः च्याप्दै जान थालेपछि कपिलवस्तुमा भोलिबाट १० दिनका लागि निधेषाज्ञा जारी गरिएको छ । जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिए पछि स्थानीय प्रशासनले भोलिबाट १० दिन सम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज सुचना जारी गर्दै भोलि बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राति १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको छ । राजपत्रमा अत्यावश्यक सेवा वस्तु भनिएका बाहेक अन्य सबै सेवाहरु बन्द गर्ने निणर्य गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

यस अबधीमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सुचना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यालय कपिलवस्तुले चेतावनी दिएको छ । यस अवधीमा सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पनि पूर्णरुपमा बन्द गरिने छ ।

यस्तै मालवाहक ढुवानीका साधन बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन हुने छन् ।

आजै कपिलवस्तुमा एकैदिन २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी मात्र १६ जना छन् ।

नमुना द्रुत परीक्षणका क्रममा जिल्लामा ८ बैंक तथा बित्तिय सस्थामा कोरोनाको संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बैंक तथा बित्तिय क्षेत्रका ८ संस्थाका १६ कर्मचारी संक्रमित भएका हुन् । ती सबै बैंकहरु सिल गरिएका छन् ।

सदरमुकाम तौलिहवाका ६ बैंकिङ सस्थाका १३ जना, कृष्णनगरका २ बैकिङ सस्थाका ३ कर्मचारीहरु सक्रमित भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । मंगलार ३, बुधवार ४ तथा बिहीबार नौ जना बैंकका कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिहीबार ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लि.का ४ जना कर्मचारीमा संक्रमण देखिएको छ । त्यस्तै कृषि विकास बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । यी तीनै बैंक बिहीबारबाट सिल गरिएको छ ।

त्यस्तै मेगा बैंकका थप एक जना कर्मचारीमा बिहीबार पनि संक्रमण पुष्टि भएको छ । मेगा बैंकका एक कर्मचारीमा बुधवार संक्रमण पुष्टि भएसँगै शाखा सिल गरिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ५९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी