५ पुस २०८२, शनिबार | December 20, 2025

साईक्लिङसंगै कोरोना बिरुद्ध सचेतना



बुटवल । सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔ, एक अर्काका बिचमा भौतिक दुरी कायम गरौ, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउदै र मास्क वितरण गर्दै बुटवलका साईक्लिस्टहरु अभियान गरेका छन ।

मुखमा मास्क र हातमा ग्ल्बससहित कोरोना भाईरस संक्रमण रोक्न बुटवलका साईक्लिस्टहरुले घरदैलो गरेका हुन । ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा रुपन्देही जिल्ला साइक्लिङ संघ, साईकल सिटी बुटवलको सहकार्यमा शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. १ र २ का टोलमा सचेतना जगाउने तथा मास्क वितरण गर्ने कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष महेन्द्र लिगलले मर्निङ वाकमा हिडेको एक वृद्धलाई मास्क वितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै युवा वर्ग सचेतना हुनुपर्ने बेला आएको बताए ।

क्लबका उपाध्यक्ष किरण श्रेष्ठले वडाअध्यक्ष महेन्द्र लिगल, अप्सरा स्टोरका आषिक हुसैन र सुनिल शाक्यबाट प्राप्त ५ सय मास्क वितरण गरिएको बताए । रुपन्देही जिल्ला साईक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधरले लक डाउनसंगै साईक्लिङको लहर बढेको बताए । लक डाउनको समयमा दुरी कायम हुने र शारीरिक ब्यायम समेत हुने हुदा आर्कषण भएको उनी बताउछन ।

संघका उपाध्यक्ष अभिषेक भारीले कोरोना सचेतनाका लागि लुम्बिनी राईड, कोरा २०२० सहित विभिन्न कार्यक्रम गरिएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ०५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता