१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट : कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो रिपोर्ट अनुसार सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका वडा नं. ४ निवासी एक जना वृद्धको साउन २२ गते निधन भएको छ ।

मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगन्जमा उपचार गराउँदा गराउँदै ८६ वर्षीय ती वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यस्तै, काभ्रेको पाँचखाल नगरपालिका निवासी एक महिलाको ललितपुरको किस्ट अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसैगरी धनुषामा साउन २५ र २६ गते गरी दुई जनाको मृत्यु भएको छ । धनुषाको मृत्युको समाचार यसअघि नै सार्वजनिक भैसके पनि स्वास्थ्य मन्त्रालयले भने आजमात्रै पुष्टि गरेको हो ।

धनुषाको विदेह नगरापालिकामा बस्ने ६० वर्षीय पुरुषको २६ गते राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । यस्तै, धनुषाकै मिथिला बिहारी नगरपालिका वडा नंं ५ का एक व्यक्तिको साउनन २५ गते मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ५८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा