६ बैशाख २०८३, आइतबार | April 20, 2026

कपिलवस्तुमा ३ जना चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण पुष्टि



कपिलवस्तु । कपिलवस्तुमा जिल्ला अस्पतालका ३ जना चिकित्सक सहित १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन २६ गते अस्पतालमा कार्यरत र केही सम्पर्क ब्यक्तिहरु समेत ९१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाईएकोमा चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार संक्रमण पुष्टि भएकाहरुमा ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका स्वास्थ्यकर्मी रहेको अस्पतालले जनाएको छ । । अस्पतालका अनुसार अस्पतालको काउन्टर तथा प्रशासन फाँटका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । ७८ स्वाव नमुनाको रिजल्ट आएकोमा ६० जनाको रिपोर्ट भने नेगेटिभ आएको र १३ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत साउन २५ गते जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको थियो । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा प्रयोगशाला स्थापना नगरिएका कारण जिल्लामा संकलन भएका स्वावको नमुना प्रदेश स्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : ३४ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय