१३ असार २०८३, शनिबार | June 27, 2026

नेपालको नयाँ नक्शाको अङ्ग्रेजी संस्करण स्वीकृत



काठमाडौं । सरकारले नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नयाँ नक्सालाई शुक्रबार स्वीकृत गरेकी हुन् ।

नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो ।

सोही नक्साको अङ्ग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्वजगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ । त्यसैले उक्त प्रयोजनका लागि अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।

अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कूटनीतिक नियोग, अन्तर्राष्ट्रियजगत्मा पठाउन बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिनुभयो । अन्तर्राष्ट्रियजगत्मा चाँडै नै परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ११ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को