४ श्रावण २०८३, सोमबार | July 20, 2026

सेयर बजारले निषेधाज्ञा तोडेकै हो त ! बजार २१.१० अंकले बढ्दा २ अर्व ६५ करोड भन्दा माथिको कारोबार



काठमाडौं। सेयर बजार निषेधाज्ञा तोड्दै २१.१० अंले बढेको छ । बुधबार बढेको बजारमा २ अर्व ६५ करोड भन्दा माथिको कारोबार भएको छ ।

बजार निरन्तर  बढेपछि नेप्से १४६२ अंकमा पुगेको छ । निषेधाज्ञामा अन्य क्षेत्रमा लगानी ठप्प हुँदा सबै लगानीकर्ता सेयर बजारतिर लागेको हुनाले बजार बढेको एक लागनीकर्ताले बताए ।

बुधबारबाट कारोबार सुरु गरेको एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले बढेको छ।
बुधबारको बजारमा नेपाल पूर्वबिमा कम्पनीको सर्वाधिक ३४ करोड ९२ लाख भन्दा माथिको कारोबार भएको छ यस्तै नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १० करोड ४० लाख रुपैयाँ, सुर्या लाइफ इन्स्योरेन्सको ८ करोड २९ लाख रुपैयाँ र एनएमबि बैंकको ७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारको दुई घण्डासम्म लगानीकर्ता बिमा र लघुबित्तमा झुम्मिएका थिए भने अन्तिम दुई घण्टामा लगानीकर्ता बैंकतर्फ आकर्षित भएका थिए ।

बुधवारको कारोबारमा ११६ कम्पनीको सेयर मुल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ। १६ कम्पनीको स्थिर रहेको छ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ४ : ३६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री