१९ बैशाख २०८१, बुधबार | May 1, 2024

सेयर बजारले निषेधाज्ञा तोडेकै हो त ! बजार २१.१० अंकले बढ्दा २ अर्व ६५ करोड भन्दा माथिको कारोबार



काठमाडौं। सेयर बजार निषेधाज्ञा तोड्दै २१.१० अंले बढेको छ । बुधबार बढेको बजारमा २ अर्व ६५ करोड भन्दा माथिको कारोबार भएको छ ।

बजार निरन्तर  बढेपछि नेप्से १४६२ अंकमा पुगेको छ । निषेधाज्ञामा अन्य क्षेत्रमा लगानी ठप्प हुँदा सबै लगानीकर्ता सेयर बजारतिर लागेको हुनाले बजार बढेको एक लागनीकर्ताले बताए ।

बुधबारबाट कारोबार सुरु गरेको एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले बढेको छ।
बुधबारको बजारमा नेपाल पूर्वबिमा कम्पनीको सर्वाधिक ३४ करोड ९२ लाख भन्दा माथिको कारोबार भएको छ यस्तै नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १० करोड ४० लाख रुपैयाँ, सुर्या लाइफ इन्स्योरेन्सको ८ करोड २९ लाख रुपैयाँ र एनएमबि बैंकको ७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारको दुई घण्डासम्म लगानीकर्ता बिमा र लघुबित्तमा झुम्मिएका थिए भने अन्तिम दुई घण्टामा लगानीकर्ता बैंकतर्फ आकर्षित भएका थिए ।

बुधवारको कारोबारमा ११६ कम्पनीको सेयर मुल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ। १६ कम्पनीको स्थिर रहेको छ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : ३६ बजे

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ