३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा ८५ वर्षीय वृद्धले जीते कोरोना भाइरसलाई, शुक्रबार ११ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित भएका ८५ वर्षिय वृद्धले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमण मुक्त भएका छन् । उनीसहित आज बाँकेमा ११ जना डिस्चार्ज भएर घर पठाईन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज डिस्चार्ज हुनेहरुमा ३ महिला र ८ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज कोहलपुरका ६ जना र नेपालगन्जका ५ जनालाई डिस्चार्ज गरिने श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोनाका कारण जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान सम्ममा बाँकेका विभिन्न आइसोलेसनमा २ सय ५७ जना उपचाररत छन् । जिल्लामा हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच भईसकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ९ : २५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन