२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

चितवनमा एकैदिन १०२ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु



चितवन । एकै दिन शनिबार चितवनका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जनाकारी दिए ।

जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । १८ जना भने जिल्ला बाहिरका रहेको उनले बताए । जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् । जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा सङ्क्रमित रहेका छन् ।

एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो । दैनिक सङ्क्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ७ : ४७ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको