२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बाँकेमा संक्रमण पुष्टि हुनेको संख्या १ हजार पुग्यो, ७२७ जना डिस्चार्ज, ६ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा २४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्कंदा १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पहिलो लटको रिपोर्टमा बाँकेमा १० जना संक्रमित थपिएका छन् ।

आईतबार थपिएका संक्रमितहरुमा नेपाल टेलिकमका कर्मचारी २ जना, नेबील बैंकका कर्मचारी १ जना, नेपालगन्ज उपमहानगरका स्थानीय ४ जना, जानकी गाँउपालिकाका १ जना र महोत्तरी र बनेपा ठेगाना भएका बाँकेका बस्दै आएका २ जनामा संक्रमण पुष्टि भएको छ ।

आजै बाँकेमा १६ जना सशस्त्र प्रहरी जवानहरु सहित २४ जना कोरोना मुक्त भएर आइसोलेसनबाट बिदा भएका छन् । सशस्त्र प्रहरीको आईसोलेसनमा रहेका १६ जना सहित होटल सिटी प्लाजामा रहेका ग्लोबल आईएमई बैंकका ३ जना कर्मचारी, सुशिल कोईराला क्यान्सर अस्पताल खजुरामा उपचाररत खजुरा र कोहलपुरका १।१ जना तथा होटल अतिथी आइसोलेसनमा रहेका कोहलपुरका ३ जना आजै डिस्चार्ज भएर घर पठाईएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा ७२७ जनाले कोरोना जीतेर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ । आज थपिएका १० सहित १००० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ३ : ०३ बजे

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत