५ श्रावण २०८३, मंगलबार | July 21, 2026

निषेधाज्ञामै झन् बढी संक्रमण



काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए ।

किन बढिरहेछ त संक्रमण ? जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो । १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन । त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ ।

शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन् । भन्छन्, ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला । संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन् । कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा. मरासिनीको ठम्याइ छ ।

मास टेस्टिङमा उदासीनता

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीहरूको माग छ । यद्यपि, मन्त्रालयले यसतर्फ ध्यान दिएको छैन ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल सरकारले निषेधाज्ञासँगै मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ एकसाथ अघि बढाउनुपर्ने बताउँछन् । निषेधाज्ञाका कारण भीडभाड कम छ । आवागमन पनि न्यून छ ।

प्रशासनको सहयोगमा जोखिमयुक्त क्षेत्र पहिचान गरी धमाधम पीसीआर परीक्षण गर्नुपर्ने डा. प्याकुरेलको सुझाव छ । उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : २२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं