१५ बैशाख २०८१, शनिबार | April 27, 2024

इंग्ल्यान्डले जित्याे एक खेलअगावै टी-ट्वान्टी सिरिज



एजेन्सी । अस्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ ।

आइतबार राती भएको दोस्रो खेलमा पाहुना टोली अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।

साउथह्याम्पटनमा अस्ट्रेलियाबाट पाएको १ सय ५८ रनको चुनौती इंग्ल्यान्डले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदा पूरा गर्‍यो ।

घरेलु टोलीलाई जिताउन जोस बट्लरले ५४ बलमा आठ चौका र दुई छक्काको सहयोगमा नटआउट रहँदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरी, डाविड मालनले ४२ रनको योगदान गरे भने ६ बलमा एक चौका र एक छक्कासहित मोइन अली १३ रनमा नटआउट रहे ।

अस्ट्रेलियाका एस्टन अगरले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए भने मिचेल स्टार्क र एडम जाम्पाले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउँदै १ सय ५७ रनको चुनौती प्रस्तुत गरेको थियो । उसका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन जोडेका थिए । यसैगरी, ग्लेन म्याक्सवेलले २६ र एस्टन अगरले २३ रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले दुई तथा जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदले एकरएक विकेट हात पारे । यी दुई टोलीबीचको तेस्रो खेल मंगलबार साउथह्याप्टनमै हुने छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : ०० बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा