४ पुस २०८२, शुक्रबार | December 20, 2025

मंगलबार ९०२ जना संक्रमित थपिए, २ हजार २८७ घर फर्किए, काठमाडौमा थपिए ३०० जना



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन् । तर, सन्तोष मान्ने कुरा संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या निरन्तर बढ्दो छ ।

मंगलबार ९०२ जना संक्रमित थपिँदा २ हजार २८७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म देशभर संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । ३२ हजार ९६४ जना संक्रमित घर फर्किका छन् । यो कुल संक्रमितको ६८ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

आज पनि काठमाडौमा ३०० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौमा १०१ महिला र १९९ पुरुषमा संक्रमिण पुष्टि भएको छ । उपत्यकाको भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मुलुकमा ६ जनाको निधन भएको छ । मन्त्रालयको तथ्याँक अनुसार सुनसरीमा १, पर्सामा २, काठमाडौंमा १ र कपिलवस्तुमा १ जनाको निधन भएको छ ।

आईसीयमा १४४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २३ जना रहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ४ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको