१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेबाट अहिले सम्मकै ठूलो संख्या कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज गरिँदै



नेपालगन्ज । बाँकेबाट बुधबार अहिले सम्मकै ठूलो संख्या एकै दिन ७७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्कने भएका छन ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज घर फर्कनेहरुमा पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत नेपाली सेनाका ५१ जना, भेरी अस्पतालमा कार्यरत एक डाक्टर र दुई नर्स, नेपाल टेलिकमका ८ कर्मचारी र अन्य स्थानिय गरी ७७ जना डिस्चार्ज हुन लागेका हुन ।

भाद्र १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरु जिल्लाका बिभिन्न आईसोलेशनमा उपचार गरिरहेका थिए । आईसोलेट भएका ब्यक्तिहरुमा १४ दिनसम्म कोरोनाको कुनै पनि लक्षण नदेखीएपछि डिस्चार्ज गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ९१५ पुगेको छ । ३४९ जना अहिले पनि आईसोलसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ९ : ३३ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक