२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

बुधबार देशभर थपिए १ हजार ८१ नयाँ संक्रमित



काठमाडौं । बुधबार कोरोना भाइरसका १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार ८१ जना संक्रमित थपिएका हुन् ।

११ हजार १६७ पीसीआर परीक्षणमा १ हजार ८१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

यससँगै कुल संक्रमितको संख्या ४९ हजार नाघेको छ । हालसम्म ७ लाख ९९ हजार ३४१ पीसीआर परीक्षण भएको छ ।

देशभर सक्रिय संक्रमित १५ हजार २५ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट निको हुने दर निरन्तर बढिरहेको छ । बुधबार अपरान्हसम्म ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म देशभर ३३ हजार ८८२ जना निको भएका छन् ।

निको हुनेदर ६८ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तागौतमले जानकारी दिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ४ : २२ बजे

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५