३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

बुधबार देशभर थपिए १ हजार ८१ नयाँ संक्रमित



काठमाडौं । बुधबार कोरोना भाइरसका १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार ८१ जना संक्रमित थपिएका हुन् ।

११ हजार १६७ पीसीआर परीक्षणमा १ हजार ८१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

यससँगै कुल संक्रमितको संख्या ४९ हजार नाघेको छ । हालसम्म ७ लाख ९९ हजार ३४१ पीसीआर परीक्षण भएको छ ।

देशभर सक्रिय संक्रमित १५ हजार २५ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट निको हुने दर निरन्तर बढिरहेको छ । बुधबार अपरान्हसम्म ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म देशभर ३३ हजार ८८२ जना निको भएका छन् ।

निको हुनेदर ६८ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तागौतमले जानकारी दिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ४ : २२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र