१६ बैशाख २०८१, आइतबार | April 28, 2024

खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान : नौ हजार मेट्रिक टन खाद्यान्न बचत



सल्यान । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ ।

केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो । खाद्यबालीअन्तर्गत धान, मकै, कोदो र गहुँलगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै खाद्यान्नमा आत्मनिर्भर भई बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

मौसमी तालमेल, कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोग, मलखाद, उन्नत बीउ तथा कृषकको सक्रियताका कारण सल्यान खाद्यान्न बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उनको भनाइ छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्रीवितरण गर्दै आएको आचार्यको भनाइ छ । गत आर्थिक वर्ष २०७६ ०७७ मा ९७ हजार ६६४ मेट्रिक टन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिक टन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।

“जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १०४ मेट्रिक टन धान, ५१ हजार १७३ मेट्रिक टन मकै, २९ हजार १३८ मेट्रिक टन गहुँ, ९२१ मेट्रिक टन कोदो र ३२५ मेट्रिक टन जौ उत्पादन भएको छ जसमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ”, सूचना अधिकारी बस्नेतले भने । यस्तै १९ हजार ३३५ हेक्टर क्षेत्रफलमा मकै, १४ हजार २१७ हेक्टर क्षेत्रफलमा गहुँ, ६७५ हेक्टर क्षेत्रफलमा कोदो र एक हजार ४० हेक्टर क्षेत्रफलमा जौ खेती हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २०१ किलो खाद्यान्न आवश्यक पर्छ ।

जिल्लामा उत्पादित कुल खाद्यान्नमध्ये ५४ हजार ७३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आवश्यक पर्छ । यस्तै कुल उत्पादनको पाँच प्रतिशत अर्थात् चार हजार ८८३ मेट्रिक टन खाद्यान्न मादक पदार्थ बनाउनमा प्रयोग हुने गरेको छ । पशु आहारमा भने ३० प्रतिशत अर्थात् २९ हजार २९९ मेट्रिक टन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा रहेको बाँझो जमीन उपयोगमा ल्याउनाका साथै व्यावसायीकरण र आधुनिकीकरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै वृद्धि हुने कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  १० : १६ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश