४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुर्लभ बन्यजन्तु ‘रेडपाण्डाको’ छाला सहित ५ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार गोप्य सुचनाका आधारमा बाँके बैजनाथ-१ मा रहेको एउटा रेष्टुरेन्टबाट छाला सहित ५ जनालाई पक्राउ गरेको हो ।

बैजनाथ -१ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा रेडपाण्डाको मोलमोलाइ भईरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीले दुर्लभ वन्यजन्तु (रेडपाण्डा) को नग्रा, दात समेत रहेको छाला सहित सुर्खेतको भेरीगंगा नगरपालिका ५ का देव बहादुर बाठा,गणेश बि.क, जय बहादुर बि.क तथा जाजरकोट कुसे गाउँपालिका ईन्द्र बहादुर नेपाली र कृष्ण वलीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बन्यजन्तु संरक्षण ऐन बमोजिम अभियोगमा मुद्धा चलाईने प्रहरीले जनाएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम दुर्लभ वन्यजन्तु बन्यजन्तुको अंग ओसारपसार र बिक्रीमा १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ९ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको