१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

प्रदूषित पानी वितरण नगर्न अदालतको अन्तरिम आदेश



कास्की । उच्च अदालत पोखराले खानेपानी संस्थानले पोखरामा वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न आदेश जारी गरेको छ ।

अधिवक्तासमेत रहेकी मीनाकुमारी रानाभाटले संस्थानले पोखरा नगरमा वितरण गरेको खानेपानीको धारामा प्रदूषणयुक्त पानी आउने भएकाले त्यस्तो पानी आपूर्ति नगर्न/नगराउनका लागि संस्थान, पोखरा महानगर तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग सहित रीट दायर गरेको उच्च अदालतका न्यायाधीशद्धय प्रमोद कुमार श्रेष्ठ बैद्य र विनोद मोहन आचार्यको संयुक्त इजलासले सोमबार संस्थानका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले यथोचित प्रभावकारी व्यवस्थापनको कार्य गर्न विपक्षी खानेपानी संस्थानका नाममा आदेश गरेको हो । त्यसैगरी संस्थानले वितरण गरेको पानी पिउन योग्य छ वा छैन तथा हालै गरिएको प्रयोगशाला परीक्षण सहितको प्रतिवेदन पेशीका दिनमा पेश गर्न भनिएको छ ।

संस्थानले उल्लेखित कार्य गरे, नगरेको र खानेपानीको मुहानको अवस्था के कस्तो छ सोको अनुगमन गरी पोखरा महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको समन्वयबाट गर्न र सोको प्रतिवेदन पेशीका दिन पेश गर्न समेत आदेशमा भनिएको छ । रासस

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ०२ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै