१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा सचिवालय बैठक आइतबारसम्म स्थगित



काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको बैठक आइतबारसम्म सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाएका छन् ।

यसअघि आजै बिहान ११ बजे बस्ने बैठक बस्ने तयारी गरिएको थियो ।

बैठकको एजेण्डाका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच बिहीबारै छलफल भएको थियो । त्यसअघि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच सचिवालय बैठक र यसको एजेण्डाबारे छलफल भएको थियो ।

स्थायी कमिटी बैठकपछि नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएका कारण अब पार्टीको ध्यान पार्टी एकताको बाँकी रहेका काम पुरा गर्दै संगठन सृदृढिकरण र आगामी चैत्रमा महाधिवेशनमा केन्द्रित हुने बताइएको छ ।

यद्यपी, स्थायी कमिटीले निर्णय गरेको व्याख्यालाई भने नेताहरुले आफु अनुकुल विश्लेषण गर्न सुरु गरिसकेका छन् ।

 

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ०८ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट