४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा थप एक जना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा शनिबार थप एक जना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा २१ पुरैनीका ५९ वर्षीय पुरुषको शनिवार राती ११ः३० बजे मृत्यु भएको हो ।

उनि भदौ २० गते साझ ५ बजे स्वास्थ्यमा समस्या भएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका थिए । उनको २१ गते कोरोना पोजेटिभ रिर्पोट आएको थियो ।

उनलाइ प्लाज्मा थेरापीबाट उपचार गरीएको र उनको अबस्था बिग्रिदै गएपछि असोज ३ गतेबाट भेन्टिलेटर प्रयोग गरी उपचार गरीएको थियो ।

दुवै तिरको फोक्सोको निमोनिया भएको उनको शनिबार राति ११:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्युको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको