३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा थपिए ५४ नयाँ कोरोना संक्रमित, फेरिपनि बुटवलकै अग्रता



बुटवल । रुपन्देहीमा आईतबार पनि कोरोना संक्रमित थपिने क्रम जारी रह्यो । पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको रिपोर्ट सार्वजानिक गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीले ५४ जना संक्रमित थपिएको जनाएको छ । आईतबार थपिएकामा २१ महिला र ३३ पुरुष छन् ।

रुपन्देहीमा आईतबार पनि बुटवल उपमहानगरले संक्रमित थप्ने बिषयमा अन्य पालिकालाई उछिनेको छ । बुटवलमा आईतबार २९ जना नयाँ संक्रमित थपिएका छन् । अन्य पालिकाहरुमा आईतबार थपिएकाहरुमा सैनामैना नगरपालिकामा ७ जना, गैडहवा गाँउपालिकामा ६ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सिद्धार्थनगरमा ३ जना, देवदह नगरपालिका, ओमसतिया गाँउपालिका, राहिणी गाँउपालिका र सियारी गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आईतबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २०५४ पुगेको छ भने जिल्लामा २१ जना संक्रमितको ज्यान गएको छ । जिल्लामा १२६० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ०६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका