१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक भोलिसम्म स्थगित



काठमाडौं । हिजोदेखि सुरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवाल बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बिहान ११ बजे पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर अब भोलि मंगलबार मध्यान्न १२ः३० बजे बस्ने गरी बैठक स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

हिजोबाट सुरु बैठकका एजेण्डमा थप गृहकार्य गर्नका लागि बैठक स्थगित भएको सापकोटाले बताए । प्रेस संयोजक सापकोटाका अनुसार बैठक बस्ने स्थानबारे भने अहिल्यै तय भैसकेको छैन । यसबीचमा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच थप छलफल समेत हुनेछ ।

सचिवालय बैठकमा चार वटा एजेण्डामाथि छलफल हुने भएको छ । जसमध्ये मन्त्रिपरिषद् पुनर्गठनका बारेमा हिजो औपचारिक छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

यसबाहेक संवैधिानिक निकायमा रिक्त पदपूर्ति, पार्टीको सांगठनिक एकता पुरा गर्ने विषय र विविध विषयको एजेण्डा रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ३५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली